भारत सरकारले ल्याएको कृषिसम्बन्धी तीन कानुनको विरोधमा त्यहाँ जारी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या २३ पुगेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार टिकरी बोर्डरमा जारी आन्दोलनमा आइतबार राति थप ३ किसानको मृत्यु भएको हो। योसँगै सोमबारसम्म मृत्यु हुने किसानको संख्या २३ पुगेको हो।
आइतबार राति मृत्यु हुने किसानमा हिसार जिल्लाको मिर्चपुर गाउँका ४० वर्षीय जोगेन्द्र सिंह, सोही जिल्लाका बगला गाउँका ४७ वर्षीय जयवीर र मानसा जिल्ला धिङर गाउँका ४८ वर्षीय गुरमित सिंह हुन्।
जाेगेन्द्र र गुमरितकाे मृत्युकाे कारण हृदयाघात अनुमान गरिए पनि जयवीरकाे मृत्युकाे कारण भने पाेस्टमार्टमकाे रिपाेर्ट आएपछि स्पष्ट हुने बताइएकाे छ। अमर उजालाबाट
प्रतिक्रिया