राजनीति


दुई गुटबीच कुटाकुट भएपछि रोकिएको एमाले धादिङको अधिवेशन सुरु

अध्यक्षमा भूमि त्रिपाठी र रामकुमार अधिकारीबीच प्रतिस्पर्धा हुने अनुमान
दुई गुटबीच कुटाकुट भएपछि रोकिएको एमाले धादिङको अधिवेशन सुरु

एमाले धादिङको अध्यक्षका दावेदारद्वय रामकुमार अधिकारी र भूमि त्रिपाठी


सुनिता विष्ट
फागुन १, २०८० मंगलबार १४:५, हेटौँडा

गत माघ २१ गते दुई गुटबीच कुटाकुटको स्थितिपछि स्थगित भएको नेकपा एमाले धादिङको नवौं जिल्ला अधिवेशन आज सुरु भएको छ। 

अधिवेशनको बन्दसत्रको कार्यक्रम मंगलबार दिउँसोबाट सुरु भएको हो। माघ १९ गतेबाट सुरु भएको नवौं अधिवेशनको कार्यक्रम बन्द शत्रको समयमा झडपको स्थिति सिर्जना भएपछि स्थगित भएको थियो। स्थगित कार्यक्रबाटै अधिवेशन सुचारु गरिएको एमाले धादिङका जिल्ला अध्यक्ष भूमि त्रिपाठीले जानकारी दिए।

उनका अनुसार बन्दसत्रको कार्यक्रममा सर्वसहमतीमा नेतृत्व चयनको प्रक्रिया टुंग्याउने अपेक्षा गरिएको छ। यद्यपी, सो सम्भव नभए निर्वाचन प्रक्रियामा जाने तयारी नेताहरुको छ। 

पहिले नै बिवादित बनेको अधिवेशनमा मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिने सम्भवना अधिक रहेको एमालेका एक नेताले बताए। अध्यक्ष पदमा दोहोरिन चाहेका वर्तमान अध्यक्ष र अर्का आकांक्षी डा.रामकुमार अधिकारी बीचमा निर्वाचन हुने सम्भावन अधिक रहेको ती नेताको भनाइ छ। 

एमाले धादिङको आमागी कार्यकालका लागि त्रिपाठी भर्सेस अधिकारीको चुनावी भिडन्त हुने सम्भावना अधिक छ। एमाले अध्यक्ष केपी शर्मा ओली निकट यी दुई आकांक्षीमा प्रदेश र जिल्लामा भने फरक गुटको प्रभाव परेको छ।

नेकपा एमाले बागमतीका अध्यक्ष कैलाश ढुंगेल गुटका रामकुमार अधिकारी अध्यक्ष पदका दावेदार हुन् भने वर्तमान जिल्ला अध्यक्ष समेत रहेका त्रिपाठी संगठन विभाग प्रमुख तथा निर्वाचन मण्डलका अध्यक्ष धर्मदत्त देवकोटा गुटका हुन्। 

जिल्लाकै नेताहरुले फरक फरक गुट बनाएपछि गत माघमा भएको अधिवेशन कार्यक्रम प्रभावित बनेको थियो। 

धादिङको जिल्ला अधिवेशनबाट हालका अध्यक्ष भूमि त्रिपाठी दोस्रो कार्यकालका लागि दोहोरिने तयारीमा छन्। तर, सर्वसम्मत अध्यक्ष बन्ने त्रिपाठीको आकांक्षामा ब्रेक लाग्ने अवस्था सिर्जना भएको छ। यसको कारण हो, एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले आफ्नो गुटका अर्का उम्मेदवार खडा गर्नु। 

त्रिपाठीलाई हराउनैका लागि उनले डा.रामकुमार अधिकारीलाई जिल्ला अध्यक्षमा अघि सारेको चर्चा छ।

अधिवेशनमा सर्वसहमतीको सम्भावना कति छ? नेपालखबरको यो प्रश्नमा जिल्ला अध्यक्ष त्रिपाठीले निर्वाचनबाटै नेतृत्व चयन हुनसक्ने सम्भावना बढेको बताए। ‘पहिला बन्दसत्रमा घनिभुत छलफल हुन्छ। त्यसपछि मात्रै निर्वाचन हुने नहुने थाहा हुने हो। तर हालसम्मको अवस्था हेर्दा निर्वाचन हुने सम्भावना बढि देखिन्छ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .