ललितपुर क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ अहिलेसम्म १० हजार ८८ मत गनिसकिएको छ। जसअनुसार सबैभन्दा अगाडि एमाले छ।
निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीका अनुसार १० हजार ८८ मत गन्दा एमाले २९८० मतका साथ अगाडि भएको छ।
यसपछि हाम्रो नेपाली पार्टी (लौरो) २४९७ मत ल्याएर दोस्रो स्थानमा छ।
तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीले १४९० मत पाएको छ। एकीकृत समाजवादी पार्टीले १४७७ मत ल्याएको छ।
627
Shares
प्रतिक्रिया