झापा निर्वाचन क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार देवराज घिमिरले अग्रता बनाउँदै लगेका छन्।
सोमबार बिहानदेखि जारी मतगणनामा एमालेका देवराज घिमिरेले अग्रता बनाइरहेका हुन्।
१६ सय ७४ मत गनिसक्दा उनले ६३० मत ल्याएका छन्। घिमिरेलाई पछ्याएका नेकपा माओवादी केन्द्रका हरिकुमार रानाले ३९७ मत ल्याएका छन्।
त्यहाँ स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालले ३०१ मत प्राप्त गरेका छन्। अर्कातिर राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १९८ मत ल्याउँदै पछ्याइरहेका छन्।
252
Shares
प्रतिक्रिया