ad ad

राजनीति


सर्वदलीय बैठक सकियो, मोरङका ३ वटा क्षेत्रमा दिउँसो १ बजेबाट मतगणना हुने

सर्वदलीय बैठक सकियो, मोरङका ३ वटा क्षेत्रमा दिउँसो १ बजेबाट मतगणना हुने

नेपालखबर
मंसिर ५, २०७९ सोमबार १०:३७, विराटनगर

मोरङका तीनवटा क्षेत्रको मतगणना सोमबार दिउँसो १ बजे सुरू हुने भएको छ।

दिउँसो १ बजेदेखि  क्षेत्र नम्बर ४, ५ र ६ को मतगणना सुरू हुने निर्वाचन कार्यालयले जनाएको छ। 

मारङको ४, ५ र ६ नम्बर निर्वान क्षेत्रको मतगणना विराटनगरस्थित आदर्श माविमा गर्ने तयारी छ। आदर्श माविको चार ठाउँबाट तीनवटा क्षेत्रको मतगणना सुरु हुने प्रमुख निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए। 

सोमबार बसेको सर्वदलीय बैठकको सहमतिका आधारमा मतगणना सुरु गर्न लागिएको हो। 

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकको मतगणना एकसाथ अगाडि बढाउने तयारी निर्वाचन कार्यालयले गरेको छ। 

मोरङमा ६६ दशमलव २२ प्रतिशत मत खसेको छ। ७ लाख ३५ हजार ५ सय २५ मतदाता रहेको मोरङमा ४ लाख ८७ हजार ४७ मत खसेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .