कञ्चनपुर क्षेत्र नम्बर ३ मा मत गणना सुरु भएको छ। क्षेत्र नम्बर ३ मा पर्ने भीमदत्त नगरपालिकाका १, २ र ३ नम्बर वडामा खसेका मत गन्न थालिएको हो।
यो क्षेत्रमा ९७ हजार ९१८ मध्ये ५७ हजार ९४८ मत खसेको छ।
कञ्चनपुर–३ बाट सत्ता गठबन्धनले नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक र नेकपा एमालेले निरुदेवी पाललाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएका छन्।
कञ्चनपुरका १ र २ नम्बर क्षेत्रमा भने दिउँसो २ बजे मत गणना सुरु हुने बताइएको छ।
क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी नेतृ बिना मगर, एमालेबाट तारा लामा तामाङ तथा २ मा कांग्रेस केन्द्रीय सदस्य एनपी साउद र एमालेका नरबहादुर धामीबीच मुख्य प्रतिस्पर्धा हुने सम्भावना छ।
33
Shares
प्रतिक्रिया