राजनीति


विष्णु पौडेलको क्षेत्रमा सुरु भयो मतगणना

विष्णु पौडेलको क्षेत्रमा सुरु भयो मतगणना

नेपालखबर
मंसिर ५, २०७९ सोमबार १३:५२, रुपन्देही

रुपन्देही क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ। बुटवल उपमहानगरको पुरानो प्रशासनिक भवनमा केहीबेर अघिबाट गणना सुरु भएको निर्वाचन अधिकृत उद्विर नेपालीले जानकारी दिए। 

चारैवटा ठाउँमा गणना स्थल बनाएर दुबै तहका प्रत्यक्ष र समानुपातिक तर्फका मत पत्र एकैपटक गणना भएको हो। मत गणना भएको स्थानलाई तारजालीले घेरिएको छ।

बिहान ११ बजेदेखि मतगणना गर्ने भनीएकोमा सर्वदलीय बैठक लम्बिएपछि गणनामा केही ढिलाई भएको हो। 

सुरुमा सरस्वती माध्यमिक बुटवल-१ र न्युलाइट मावि तिलोत्तमाको पाँचवटा मतपेटिका खोलिएको छ।

यो क्षेत्रबाट एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र सत्ता गठबन्धनको समर्थनमा जनमुक्ति पार्टीका केशवबहादुर थापा उम्मेदवार छन्। 

पछिल्लो समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल पनि प्रतिस्पर्धी मानिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .