ad ad

राजनीति


मतान्तर बढाउँदै गगन, ४१० मतले राजन पछाडि

मतान्तर बढाउँदै गगन, ४१० मतले राजन पछाडि

राजन भट्टराई र गगन कु्मार थापा।


नेपालखबर
मंसिर ५, २०७९ सोमबार १४:४, काठमाडौँ

काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापाको अग्रता बढ्दै गएको छ।

प्रारम्भिक मतपरिणाममा ३५ मतले अगाडि देखिएको थापाले पछिल्लो गणनामा ४१० मतले अग्रता लिएका छन्। 

बुढानीलकण्ठ नगरपालिका क्षेत्रमा खसेका मतमध्ये अहिलेसम्म २ हजार ७०५ मतपत्र गणना भएको छ। जसमध्ये महामन्त्री थापाले १ हजार ३५७ मत ल्याएका छन्। 

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले ९४७ मत प्राप्त गरेका छन्। 

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि थापा र भट्टराईबीच नै प्रतिष्पर्धा भएको थियो। उक्त निर्वाचनमा थापा २१ हजार ५५८ मतसहित विजयी भएका थिए। भट्टराईको पक्षमा १८ हजार १४० मत खसेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .