ad ad

राजनीति


कञ्चनपुर ३ मा रमेश लेखकको अग्रता

कञ्चनपुर ३ मा रमेश लेखकको अग्रता

नेपालखबर
मंसिर ५, २०७९ सोमबार १४:४९, काठमाडौँ

कञ्चनपुर क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार रमेश लेखकले सुरुवाती अग्रता लिएका छन्। १०१ मत गणना हुँदा उनी ५५ मतका साथ अगाडि छन्। 

लेखकलाई नेकपा एमालेकी उम्मेदवार निरुदेवी पाल ३२ मतका साथ पछ्याइरहेकी छन्। गणना भएका मतमध्ये घण्टी चिह्नमा ४, पुतली चिह्नमा २ र माछा चिह्नमा १ मत आएका छन्। 

यो क्षेत्रमा ९७ हजार ९१८ मध्ये ५७ हजार ९४८ मत खसेको छ। कञ्चनपुरका १ र २ नम्बर क्षेत्रमा भने मतगणना सुरु भएको छैन। 

क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी नेत्री बिना मगर एमालेबाट तारा लामा तामाङ तथा २ मा कांग्रेस केन्द्रीय सदस्य एनपी साउद र एमालेका नरबहादुर धामीबीच मुख्य प्रतिष्पर्धा हुने सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .