बागलुङ निर्वाचन क्षेत्र नं १ मा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार चित्रबहादुर केसीको अग्रता कायमै छ।
प्रतिनिधिसभा सदस्यको मतगणनामा केसीले २ हजार ५१६ मत प्राप्त गरेका छन् भने उनलाई नेकपा एमालेका सूर्यप्रसाद पाठकले २ हजार १ सय ९३ मतसहित पछ्याइरहेका छन्।
केही बेरअघि प्राप्त रिपोर्टंअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले १ हजार ४ सय ४४, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद सापकोटाले १४६, स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर क्षेत्रीले ६० र नेपाली कांग्रेस बीपीका शिवलाल सापकोटाले ६ १३ मत प्राप्त गरेका छन्।
हालसम्म ६ हजार ५ सय ६४ मत गनिसकिएको छ।
171
Shares
प्रतिक्रिया