ad ad

राजनीति


दाङ–३ : कोमल वलीभन्दा दीपक गिरी २८८ मतले अगाडि

दाङ–३ : कोमल वलीभन्दा दीपक गिरी २८८ मतले अगाडि

फाइल तस्बिर : दीपक गिरी र कोमल वली


नेपालखबर
मंसिर ६, २०७९ मंगलबार ७:३२, काठमाडौँ

दाङ निर्वाचन क्षेत्र नं ३ मा  प्रतिनिधिसभामा सदस्य पदमा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका दीपक गिरीले अग्रता कायमै राखेका छन्। 

आइतबार सम्पन्न निर्वाचनमा उनले  दुई हजार चार सय ३६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार कोमल वलीले दुई हजार एकसय ४८ मत ल्याएकी छन्। निर्वाचन अधिकृत डोलनाथ घिमिरेका अनुसार उनीहरुबीच दुई सय ८८ को मतान्तर छ। अहिलेसम्म ६ हजार १ सय ८० मतगणना भएको छ। 

सो क्षेत्रमा एक लाख ४६ हजार चार सय ७५ मतदाता रहेकोमा ९० हजार एक सय ३२ मत खसेको  थियो। त्यस्तै प्रदेशसभा १ मा पनि गठबन्धनका उम्मेदवार कांग्रेसका डिल्ली चौधरीले  तीन हजार मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार घनश्याम पाण्डेले दुई हजार पाँच सय ६६ मत ल्याएका छन्। 

६ हजार ६ सय ५८ मतगणना हुँदा उनीहरुबीचको मतान्तर चार सय २३ छ। दाङ ३ को १ मा ६६ हजार चार सय ८६ मतदाता रहेकामा ४० हजार ५ सय ७० मत खसेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .