धनुषा क्षेत्र नम्बर १ मा एमाले–जसपा गठबन्धनका दीपक कार्कीले अग्रता कायम गरेका छन्।
कार्कीले माओवादी केन्द्रका प्रभावशाली नेता मातृका यादवलाई तेस्रो स्थानमा छाडेर अग्रता बनाएका हुन्।
पछिल्लो मत परिणामअनुसार माओवादी केन्द्रका प्रभावशाली नेता मातृका यादव धनुषा ३ मा तेस्रो स्थानमा छन्।
जसपाका कार्कीले १ हजार २३९ मत प्राप्त गर्दा मातृका यादवले ९८२ मत मात्रै पाएका छन्। दोस्रो स्थानमा राप्रपाका मनोज मल्ल ठकुरी छन्। ठकुरीले १ हजार १२५ मत पाएका छन्।
धनुषा १ मा सीके राउत नेतृत्वको जनमत पार्टीका किशोरी साह कलवारले ८२६ मत प्राप्त गरेका छन्।
96
Shares
प्रतिक्रिया