ad ad

राजनीति


भीम रावलको क्षेत्रमा एमालेभन्दा एकीकृत समाजवादी ३ हजारभन्दा बढी मतले अगाडि

भीम रावलको क्षेत्रमा एमालेभन्दा एकीकृत समाजवादी ३ हजारभन्दा बढी मतले अगाडि

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार १०:३३, काठमाडौँ

अछाम क्षेत्र नम्बर १ मा अग्रता लिइरहेका सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार शेरबहादुर कुँवरले मतान्तर बढाउँदै लगेका छन्।

उनलाई पछ्याइरहेका नेकपा एमालेका झपट बोहराले भन्दा कुँवरले ३ हजारभन्दा बढी मत ल्याएका हुन्।

अहिलेसम्मको परिणामअनुसार कुँवरले ८ हजार ३१ मत ल्याउँदा बोहराले ४ हजार ८ सय १५ मत मात्र पाएका हुन्। 

अछाम क्षेत्र नम्बर १ एमाले नेता भीम रावलको क्षेत्र हो। जिल्ला, क्षेत्र र प्रदेश कमिटीबाट एकल नाम सिफारिस भएर पनि एमालेले रावलको टिकट खोस्दै बोहरालाई दिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .