प्रतिनिधि सभा सदस्यतर्फ काठमाडौं क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सन्तोष चालिसे अगाडि छन्।
भर्खरै प्राप्त मतपरिणाम अनुसार ७ हजार ८ सय ३८ मतका साथ चालिसे सबैभन्दा अघि भएका हुन्। उनलाई ६ हजार ५१ मतका साथ नेकपा एमालेका उम्मेदवार कृष्ण राईले पछ्याइरहेका छन्।
यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) का उम्मेदवार दुर्गाविक्रम थापा तेस्रो स्थानमा छन्। उनले अहिलेसम्म २ हजार ४ मत ल्याएका छन्।
यसपछि चौथो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गणेश गिरी छन्। उनले अहिलेसम्म १ हजार ३ सय ९० मत ल्याएका छन्।
171
Shares
प्रतिक्रिया