ललितपुर क्षेत्र नम्बर १ मा गठबन्धन र एमालेका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा भइरहेको छ। निर्वाचन अधिघकृत बालकृष्ण निरौलाले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार ३० हजार ८५ मत गणना भइसकेको छ।
जसमा सत्ता गठबनधनको उम्मेदवार उदयशमशेर राणाले १३ हजार ६ सय ८३ मत ल्याएका छन् भने एमालेका नवराज सिलवालले १२ हजार ९ सय ६९ मत ल्याएर पछयाइरहेका छन्। अर्थात् उनीहरुबीच मतान्तर ७१४ छ।
बिहानसम्म सिलवालभन्दा राणा पछि थिए। ललितपुर १ मा ५० हजार ७ सय ७३ मत खसेको छ।
1.9k
Shares
प्रतिक्रिया