नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशमशेर राणा ललितपुर–१ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। उनी नेकपा एमालेका उम्मेदवार नवराज सिलवाललाई ४५ सयभन्दा बढी मतले पराजित गर्दै विजयी भएका हुन्।
राणाले २३ हजार ८९२ र सिलवालले १९ हजार २६६ मत प्राप्त गरेका छन्। यद्यपि, निर्वाचन अधिकृतको कार्यालयले अन्तिम परिणामको औपचारिक घोषणा भने गरेको छैन।
०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राणा एमाले नेता सिलवालसँग नै पराजित भएका थिए। नेपाल प्रहरीका पूर्व एआईजी सिलवालले उनलाई ६ हजार २२२ मतले पराजित गरेका थिए।
सिलवालले २६ हजार ९५१ मतसहित प्रतिनिधिसभा सदस्यमा विजयी हुँदा राणाले २० हजार ७२९ मतमा चित्त बुझाउनु परेको थियो।
30
Shares
प्रतिक्रिया