ad ad

राजनीति


पृथ्वीसुब्बालाई जित्न देव गुरुङलाई मुस्किल

पृथ्वीसुब्बालाई जित्न देव गुरुङलाई मुस्किल

नेपालखबर
मंसिर ७, २०७९ बुधबार ९:३५, काठमाडौँ

मंगलबार साँझसम्मको गणनामा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँगको मतान्तर उल्लेख्य रूपमा घटाए पनि माओवादी केन्द्रका महासचिव देव गुरुङलाई लमजुङमा जित हासिल गर्न मुस्किल हुने देखिएको छ। 

एमालेभन्दा सत्ता गठबन्धन बलियो रहेका पालिकाहरूको मतगणना सकिएर एमाले बलियो रहेका क्षेत्रमा गणना सुरु भएकाले महासचिव गुरुङलाई उपमहासचिव गुरुङविरुद्ध विजय प्राप्त गर्न कठिन देखिएको हो।

मतगणनाको पछिल्लो परिणाम अनुसार एमाले उपमहासचिव गुरुङ २२ हजार ४ सय ३८ मतसहित अग्रस्थानमा रहँदा माओवादी केन्द्रका महासचिव गुरुङ २२ हजार १ सय ३० मतका साथ दोस्रो स्थानमा छन्। 

यी दुईबीचको मतान्तर ३ सय ८ मात्र छ। यसअघि उपमहासचिव गुरुङ अधिकतम १ हजार ९ सयसम्मको मतान्तरले अगाडि थिए। त्यो मतान्तर घटाएर पछिल्लो समय महासचिव गुरुङले ३ सय ८ मा झारेका छन्। 

सत्ता गठबन्धनमा आबद्ध माओवादी केन्द्र र नेपाली कांग्रेसको बलियो प्रभाव रहेको राइनास नगरपालिकाको मतगणना हुन थालेपछि महासचिव गुरुङले उपमहासचिव गुरुङसँगको मतान्तर घटाएर साघुरो बनाएका थिए।

तर, गणना बाँकी रहेका बेँसीसहर नगरपालिका र मर्स्याङ्दी गाउँपालिकामा मतगणना सुरु भएको छ। यी दुवै गाउँपालिकामा सत्ता गठबन्धनभन्दा एमाले बलियो छ। यहाँबाट सत्ता गठबन्धनलाई अग्रता लिन मुस्किल देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .