कैलाली क्षेत्र नम्बर ४ मा मतपेटिकामा अर्धकट्टीसहितको मतपत्र भेटिएको छ। गोदावरी नगरपालिका–११ को मतपेटिकामा अर्धकट्टीसहितको मतपत्र भेटिएको हो।
यसका कारण मत गणना रोकिएको निर्वाचन अधिकृत इन्द्र कठायतले जानकारी दिए।
उनका अनुसार राजनीतिक दलका प्रतिनिधिबीच छलफल भइरहेको छ।
कैलाली ४ मा नेकपा एमालेका लेखराज भट्ट र कांग्रेसका वीरबहादुर बलायरबीच प्रतिस्पर्धा भइरहेको छ।
48
Shares
प्रतिक्रिया