ताप्लेजुङमा सुरुदेखि नै निरन्तर पछि पर्दै आएका नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले मतगणना अन्तिममा पुग्दै गर्दा अग्रता बनाएका छन्।
सुरुदेखि सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीसँग पछि परेका उनले सदरमुकाम फुङलिङ क्षेत्रमा आइपुगेपछि अग्रता बनाएका हुन्।
ताजा अवस्थामा योगेश २० हजार २७२ मतसहित अगाडि लागेका छन्। उता माओवादीका बुढाक्षेत्रीले २० हजार १३७ मसतिहत पछ्याइरहेका छन्।
यी दुईजनाबीच अहिले यहाँ मतान्तर १३५ रहेको छ। अब योगेशकै क्षेत्र मानिने फुङलिङ नगरपालिका ४, ५, ६, ७ र ८ नम्बर वडाको मतगणना गर्न बाँकी छ। आफ्नो प्रभाव क्षेत्र भएकाले योगेशले यहीँबाट चुनावी नतिजामा जित निकाल्ने विश्वास लिएका छन्।
3.6k
Shares
प्रतिक्रिया