पर्सा क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका अजयकुमार चौरसिया विजयी भएका छन्।
एमाले–जसपा गठबन्धनबाट उम्मेदवार बनेका जसपाका नेता सुरेन्द्रप्रसाद कुर्मीलाई ५५ सय भन्दा धेरै मतान्तरले पराजित गर्दै सत्तारुढ गठबन्धनबाट चौरसिया विजयी भएका हुन्।
चौरसियाले २४ हजार ९७२ मत प्राप्त गर्दा कुर्मीले १९ हजार ४५० मत प्राप्त गरेका छन्। चौरसिया र कुर्मीको मतान्तर ५ हजार ५२२ छ।
सो क्षेत्रबाट राप्रपाका नरेशकुमार साहले २४ सय ५४ मत प्राप्त गरेका छन्।
114
Shares
प्रतिक्रिया