ad ad

राजनीति


खोटाङ प्रदेशसभा (ख)मा एमालेका पाँचकर्ण राई विजयी

खोटाङ प्रदेशसभा (ख)मा एमालेका पाँचकर्ण राई विजयी

नेपालखबर
मंसिर ८, २०७९ बिहिबार ६:५५, खोटाङ

खोटाङ प्रदेशसभा (क)मा नेकपा (एमाले) का उम्मेदवार पाँचकर्ण राई  विजयी भएका छन्। 

वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का वीरबलकाजी राईलाई एक हजार एक सय ९२ मतान्तरले पराजित गर्दै पाँचकर्ण प्रदेशसभा सदस्यमा विजयी भएका हुन्।

उनले १३ हजार एक सय ५७ मत प्राप्त गर्दा वीरबलकाजीले ११ हजार नौ सय ६५ मत प्राप्त गरेका छन्। 

विसं २०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचनमा पराजित उनी विसंं २०७० को दोस्रो संविधानसभा सदस्य निर्वाचनमा विजयी भएका थिए।

जनता समाजवादी पार्टी (जसपा)का राकेश राईले दुई हजार तीन सय ४०, नेकपा (माले)का पदमप्रसाद आचार्यले एक हजार पाँच सय २५, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीका प्रयाग राईले एक सय ६४ मत प्राप्त गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .