सल्यान १ र २ प्रदेशसभा सदस्यमा गठबन्धन दलका साझा उम्मेदवार भीमप्रकाश शर्मा र सुरेश अधिकारी विजयी भएका छन्।
नेकपा माओवादी केन्द्रका शर्माले २२ हजार दुई सय ४३ मत ल्याएर विजय भएका हुन्। उनले आठ हजार १८ को मतान्तरले जितेका छन्। शर्माका प्रतिस्पर्धी नेकपा एमालेका कुलबहादुर गिरीले १४ हजार दुई सय २५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले जानकारी दिएको छ।
त्यस्तै, प्रदेश २ मा नेपाली कांग्रेसका अधिकारीले २० हजार चार सय आठ मत ल्याएर विजयी भएका छन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका गुलाबजङ्ग शाहलाई तीन हजार सात सय ९० मतको फरक पार्दै जित हासिल गरेका हुन्। शाहले १६ हजार छ सय १८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सल्यान प्रदेश १ मा ४१ हजार एक सय ७६ मत खसेकोमा ३८ हजार आठ सय २८ र प्रदेश २ मा ४१ हजार नौ सय ६७ मत खसेकोमा ४० हजार ६९ मत मत सदर भएको थियो। रासस
Shares
प्रतिक्रिया