चितवन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका छन्। नेकपा एमालेका सुरेन्द्रप्रसाद पाण्डेलाई ७ हजार ५ सय ८१ मतले पछि पार्दै ढकाल निर्वाचित भएका हुन्।
ढकालले ३४ हजार १ सय ८९ मत प्राप्त गरेका छन् भने पाण्डेले २६ हजार ६ सय ८ मत ल्याए। नेपाली कांग्रेसका विश्वनाथ पौडेलले २४ हजार ९ सय ९ मत पाए।
सो क्षेत्रमा ९५ हजार ४१ मत खसेको थियो । जसमध्ये ३ हजार ६ सय २१ मत बदर भई ९१ हजार ४ सय २० सदर भएको निर्वाचन आयोगले जनाएको छ।
उक्त क्षेत्रको प्रदेशसभा १ मा नेकपा एमालेका जगन्नाथ थपलिया विजयी भएका छन्। थपलियाले १७ हजार ६ सय ८८ र नेपाली कांग्रेसका किरणभूषण ओलीले १० हजार ७ सय १२ मत पाए। यस प्रदेशमा ४३ हजार ८ सय ३६ मत खसेको थियो।
यस क्षेत्रको प्रदेशसभा २ मा नेकपा एकिकृत समाजवादीका कृष्णप्रसाद खनाल विजयी भएका छन्। खनाल १५ हजार ५ सय ७ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रकाश खनालले १४ हजार ७ सय ६८ मत प्राप्त गरे। यस प्रदेशमा ५१ हजार १ सय ३६ मत खसेको आयोगले जनाएको छ। रासस
Shares
प्रतिक्रिया