सिरहा क्षेत्र नं १ को प्रदेशसभा (१) बाट पनि नेकपा (एमाले) का राजेन्द्रप्रसाद चौधरी निर्वाचित भएका छन्।
चौधरीले सत्ता गठबन्धन कांग्रेसका उम्मेदवार सुनिलकुमार महतोलाई एक सय ७१ मतको मतान्तरले पराजित गरे।
प्राप्त मतपरिणामअनुसार विजयी चौधरीले ११ हजार सात सय २१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार महतोले ११ हजार पाँच सय ५० मत प्राप्त गरेका सिरहा क्षेत्र नं १ निर्वाचन अधिकृत बस्यालले जानकारी दिए।
प्रतिक्रिया