सर्लाहीको क्षेत्र नं २ प्रदेशसभा (१) मा नेपाली कांग्रेसका जङ्गीलाल राय प्रदेशसभा सदस्यमा विजयी भएका छन्। उनले नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सुनिल साहलाई पराजित गरेका हुन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार रायले आठ हजार दुई सय ९० मत प्राप्त गर। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका साहले सात हजार दुई सय १४ मत पाए। रायले एक हजार ७६ मतान्तरले साहलाई पराजित गरेका हुन्।
यस्तै जनमत पार्टीका उम्मेदवार भरत चौधरीले छ हजार छ सय ४३ मत ल्याए। निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (२) तथा क्षेत्र नं २ र ३ को प्रतिनिधिसभा सदस्यतर्फको मतपरिणाम सार्वजनिक हुन बाँकी छ।
36
Shares
प्रतिक्रिया