रुपन्देही-३ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ।
पछिल्लो मत परिणामअनुसार कांग्रेसका उम्मेदवार बालकृष्ण खाण राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दीपक बोहराभन्दा २७ मतले मात्र अगाडि छन्।
खाणले २२ हजार ७८१ मत पाएका छन् भने उनका निकट प्रतिस्पर्धी बोहराले २२ हजार ७५४ मत पाएका छन्।
सत्ता गठबन्धनमा रहेका दलहरुसँग चुनावी गरेर कांग्रेसले रुपन्देही–३ मा खाणलाई अघि सारेपछि नेकपा एमालेले राप्रपाका बोहरालाई सघाएको छ।
342
Shares
प्रतिक्रिया