ad ad

राजनीति


एमाले छाडेर माओवादीबाट उठेका द्वारिकलाल चौधरी पराजित

एमाले छाडेर माओवादीबाट उठेका द्वारिकलाल चौधरी पराजित

फाइल तस्बिर


नेपालखबर
मंसिर ९, २०७९ शुक्रबार १३:४०, काठमाडौँ

इटहरी उपमहानगरपालिकाका पूर्व मेयर द्वारिकलाल चौधरी प्रदेशसभाको निर्वाचनमा पराजित भएका छन्।

सुनसरी क्षेत्र नम्बर २ (क) प्रदेश सभा सदस्य उठेका उनलाई नेकपा एमालेका रेवतीरमण भण्डारीले पराजित गरेका हुन्। 

भण्डारीले कांग्रेसको पनि साथ लिएर गठबन्धनबाट उठे‍का नेकपा माओवादी केन्द्रका द्वारिकलाललाई २ हजार ६८० मतले हराएका हुन्। 

भण्डारीले १४ हजार ५३८ मत ल्याउँदा चौधरीले ११ हजार ८४५ मत ल्याए। यहाँ तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मोहन बहादुर खत्रीले ९ हजार ३२२ मत ल्याए। 

चौथो स्वतन्त्र उम्मेदवार बनेका दीपेन्द्र घिमिरेले ३ हजार २०८ मत ल्याए।

द्वारिकलाल इटहरीको मेयरमा फेरि उठ्न नपाएपछि माओवादीतिर लागेका थिए। उनलाई खुमलटारमै माओवादी अध्यक्ष प्रचण्डले स्वागत गरेर प्रदेशको टिकट दिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .