ad ad

राजनीति


महोत्तरीका २ क्षेत्रमा गठबन्धन विजयी,  बाँकी २ क्षेत्रमा पनि गठबन्धनकै उम्मेदवार अगाडि

महोत्तरीका २ क्षेत्रमा गठबन्धन विजयी,  बाँकी २ क्षेत्रमा पनि गठबन्धनकै उम्मेदवार अगाडि

नेपालखबर
मंसिर १०, २०७९ शनिबार ६:४९, काठमाडौँ

प्रतिनिधिसभा तर्फ महोत्तरीका चारवटै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी हुने सम्भावना बढेको छ।

महोत्तरी २ र ३ को अन्तिम नतिजा आइसकेको छ। महोत्तरी २ र ३ मा सत्तारुढ गठबन्धमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार विजयी भएका छन्। 

महोत्तरी १ मा माओवादी केन्द्रका गिरीराजमणि पोखरेलले अग्रता कायम राखेका छन् भने महोत्तरी ४ मा पनि कांग्रेस उम्मेदवार जीत नजिक पुगेका छन्।

लोसपाका अध्यक्ष महन्थ ठाकुर महोत्तरी ३ बाट विजयी भइसकेका छन् भने नेता शरतसिंह भण्डारी पनि महोत्तरी २ बाट विजयी भएका छन्। 

महोत्तरी १ मा माओवादी केन्द्रका नेता गिरीराजमणि पोखरेलले अग्रता बढाउँदै लगेका छन्। 

पछिल्लो मत परिणाम अनुसार पोखरेलले १८ हजार ४३४ मत प्राप्त गर्दा एमालेका लक्ष्मी महतोले १६ हजार ५५३ मत पाएका छन्। यहाँ पोखरेल र महतोबीचको मतान्तर १८ सय ८१ छ। 

अझै बर्दिबास नगरपालिकाका ४ र भंगाहा नगरपालिकाका ४ वटा वडाको मतगणना हुन बाँकी छ। 

त्यसैगरी महोत्तरी ४ मा कांग्रेसका महेन्द्रकुमार राय जीत नजिक पुगेका छन्। रायले २५ हजार ४२० मत प्राप्त गर्दा जसपाका सुरेन्द्रकुमार यादवले २१ हजार २९६ मत मात्रै पाएका छन्। 

जनमत पार्टीका मनोजकुमार साहले त्यो क्षेत्रमा १० हजार ३९ मत पाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .