प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत नजिता आउने क्रम जारी छ।
अहिलेसम्म सार्वजनिक अन्तिम मतपरिणामअनुसार पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ नेपाली कांग्रेस पहिलो स्थानमा छ भने एमाले दोस्रो स्थानमा छ। अहिलेसम्म प्रत्यक्षतर्फ कांग्रेसले ४७ र एमालेले ३८ सिट जितेका छन्।
समानुपातिक निर्वाचन प्रणालीतर्फ भने एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा छन्। यो खबर तयार पार्दासम्म एमालेले सबैभन्दा बढी १७ लाख ७२ हजार ८ सय ५५ समानुपातिक मत पाएको छ। यसपछि कांग्रेसले १७ लाख १० हजार ४ सय २८ मत ल्याएको छ।
यस्तै प्रत्यक्षतर्फ १६ सिट जितेर नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ भने नेकपा एकीकृत समाजवादीले चौथो स्थानमा रहँदै अहिलेसम्म १० सिट जितेको छ।
समानुपातिकतर्फ भने नेकपा माओवादी केन्द्र राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) भन्दा पछि चौथो स्थानमा छ। तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले यो खबर तयार पार्दासम्म ७ लाख ७७ हजार ३ सय ७७ समानुपातिक मत पाएको छ भने माओवादी केन्द्रले ७ लाख ५५ हजार १ सय ३९ मत ल्याएको छ।
प्रत्यक्षतर्फ भने राष्ट्रिय स्वतन्त्र पार्टी एकीकृत समाजवादी भन्दा पनि पछाडि पाँचौं स्थानमा छ। प्रत्यक्षतर्फ १० सिट जित्दै एकीकृत समाजवादी चौथो स्थानमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ७ सिट मात्र जितेको छ।
उता समानुपातिकतर्फ भने सातौँ स्थानमा छ। अहिलेसम्मको मतपरिणामअनुसार एकीकृत समाजवादीले १ लाख ६० हजार ३ सय ९३ समानुपातिक मत ल्याएको छ।
Shares
प्रतिक्रिया