अभिनेत्री करिश्मा मानन्धरले जारी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदानगरेकी छिन्। उनले काठमाडौंको महाराजगन्जस्थित ३ नम्बर वडाबाट मतदान गरेकी हुन्।
श्रीमान् विनोद मानन्धरसँगै मतदान स्थल पुगेकी करिश्माले मतदानपछि यसपटक रेखा थापाले जित्नुपर्ने बताइन्।
उनले राजनीतिमा कलाकार आउनु आवश्यक रहेको बताइन्।
अर्को चुनावमा आफू पनि उम्मेदवार बन्ने सुनाउँदै करिश्माले भनिन्, ‘कलाकार राजनीतिमा आउने लहर आएको छ। रेखा थापालगायत अन्य उम्मेदवारले यसपालि जित्नुपर्छ।’
222
Shares
प्रतिक्रिया