ad ad

राजनीति


धरानमा चर्किँदो विवाद, मेयर हर्कले मागे कार्यपालिका सदस्यहरुको राजीनामा

धरानमा चर्किँदो विवाद, मेयर हर्कले मागे कार्यपालिका सदस्यहरुको राजीनामा

नेपालखबर
पुस १, २०७९ शुक्रबार १२:१६, काठमाडौँ

धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङ तथा वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुको विवादले उग्ररुप लिँदै गएको छ। 

विवाद बढ्दै जाँदा मेयर साम्पाङले शुक्रबार कार्यपालकिा सदस्यहरुसँग राजीनामा मागेका छन्। उनले आफूले भनेको नमान्ने भए राजीनामा दिएर बाटो खुला गरिदिन आग्रह गरेका हुन्। 

साम्पाङले शुक्रबार उपमहानगपालिकास्थित आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरेर कार्यपालिका सदस्यहरुको राजीनामा मागेका हुन्। 

तर गत वैशाखमा निर्वाचित भएयता कार्यपालिका बैठक बस्न नसकेको अवस्थामा वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले बिहीबार पत्रकार सम्मेलन गर्दै मेयर साम्पाङ निरंकुश, स्वेच्छाचारी र अराजक बनेको आरोप लगाएका थिए। 

उनीहरुले धरान उपमहानगरपालिका परिसरमै गरेको पत्रकार सम्मेलनमा कार्यपालिका बैठक बस्न नसक्नुमा मेयर साम्पाङ नै दोषी भएको बताए।

उनीहरुले मेयरले कार्यपालिका सदस्यहरुबारे गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै आपत्तिसमेत जनाए। 

मेयर आफूहरूबारे दिएको अभिव्यक्तिबारे आत्मालोचना गरे मात्रै बैठक अघि बढ्न सक्ने बताए। उनीहरुले मेयर साम्पाङले आफूहरुका कुरा सुन्न पनि अस्वीकार गरेर तोकदेशले नगर चलाउन खोजेको बताएका थिए। 

मेयरले स्वेच्छाचारी, तानाशाही, गैरकानुनी र गैरजिम्मेवार शैली अपनाउँदै आएको बताउँदै यस्तो अवस्थामा काम गर्ने वातावरण पनि नरहेको बताएका थिए। 

मेयर साम्पाङले कार्यशैली सुधारे र म होइन हामी नभनेसम्म सहयोग गर्न नसकिने बताएका छन्। मेयरले सहकार्य गर्न तयार भए आफूहरु धरानको विकासमा हातेमालो गर्न तयार रहेको उनीहरुको तर्क छ।

धरान नगर कार्यपालिका प्रवक्ता  एवम् वडाध्यक्ष सूर्य भट्टराई 'मनोज'ले मेयरले कार्यपालिका बैठक अघि बढाउनै नचाहेको बताए। उनले गैरसंवैधानिक र गैरकानुनी बाटोबाट तोकआदेशकै भरमा गरिरहेको कामको नगरकार्यपालिका जिम्मेवार नहुने पनि बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .