ad ad

राजनीति


गृहमन्त्री रवि लामिछाने इलाममा, उपनिर्वाचनको सुरक्षा मजबुत बनाउन निर्देशन

‘के गरौँ भनेर सोध्नुभयो भने तपाईंलाई चाहिँ के गर्ने हो, सोच्नुपर्छ’
गृहमन्त्री रवि लामिछाने इलाममा, उपनिर्वाचनको सुरक्षा मजबुत बनाउन निर्देशन

नेपालखबर
चैत १७, २०८० शनिबार १०:५१, काठमाडौँ

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले इलाम-२ मा वैशाख १५ गते हुने उपनिर्वाचन तयारीबारे जानकारी लिएका छन्।

इलाम पुगेका मन्त्री लामिछानेले जिल्ला प्रशासन कार्यालय पुगेर निर्वाचन तयारीबारे जानकारी लिँदै भयरहित वातावरणमा मतदान हुने व्यवस्थाका लागि सुरक्षासहित सबै प्रबन्ध मिलाउन निर्देशन दिएका हुन्। 

‘एउटै निर्वाचन क्षेत्रमा हुने भएकाले उपनिर्वाचनको तयारी र सुरक्षासहितका प्रबन्धमा स्रोतसाधनको अभाव नहुने भएकाले तयारीदेखि परिणाम घोषणासम्म मिहिन र जनविश्वसनीय योजना बनाउनु होला’, उनले भने। 

निष्पक्ष र शान्तिपूर्ण निर्वाचन गराउन गृह मन्त्रालयले तत्काल गर्नुपर्ने काम भए जानकारी गराउन निर्देशन दिँदै मन्त्री लामिछानेले आवश्यक समन्वय र स्रोतसाधन उपलब्ध गराउने बताए। 

‘अन्य विषय कानुनले दिएको अधिकार प्रयोग गर्नुस्। के गरौं भनेर सोध्नुभयो भने तपाईंलाई चाहिँ के गर्ने हो सोच्नुपर्छ’, उनले भने। 

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले उपनिर्वाचन तयारीसहित जिल्लाको वस्तुस्थिति, सेवा प्रवाहको अवस्था, सुरक्षा चुनौतीलगायत विषयमा गृहमन्त्री समक्ष जानकारी गराए।

प्रजिअ यादवका अनुसार उपनिर्वाचनमा ३ हजार सुरक्षाकर्मी परिचालन गरिने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .