ad ad

राजनीति


संघीयता संस्थागत हुन नदिने खेल सुरु भयो : उपेन्द्र यादव

संघीयता संस्थागत हुन नदिने खेल सुरु भयो : उपेन्द्र यादव

नेपालखबर
माघ १८, २०७९ बुधबार ११:१६, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सघीयतालाई संस्थागत गर्न सके तराई–मधेशको विकासमा कायापलट हुने बताएका छन्। 

बाराको करैयामाई गाउँपालिकास्थित उमजनमा तयर सिँचाइ योजना शिलान्यास कार्यक्रमका प्रमुख अतिथि यादवले यसो भनेका हुन्। 

संघीयतालाई संस्थागत हुन नदिने खेल शुरु भएको भन्दै उनले यसतर्फ सबै सजग र सचेत रहनुपर्नेमा जोड दिए। 

ठूला दलहरुले तराई–मधेशको विकासमा आनाकानी गर्ने गरेकोप्रति लक्षित गर्दै यादवले एकपटक क्रान्तिको बिगुल फुक्ने वातावरण सिर्जना गर्नुपर्ने बताए। 

मधेश प्रदेश सरकारको करिब २१ करोड लागतमा निर्माण हने उक्त सिँचाइ योजनाबाट त्यस क्षेत्रका करिब १२ सय बिगाहा खेतीयोय जमिनमा सिँचाइ पुग्ने छ । छठिया निर्माण सेवा बाराले उक्त ठेक्का लिएको छ।

कार्यक्रममा जसपाका संसदीय दलका नेता रामसहाय प्रसाद यादव, मधेश प्रदेशका अध्यक्ष रामबाबु कुमार यादव, नेकपा एसका जिल्ला अध्यक्ष विजेन्द्र चौधरी लगायत सहभागी थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .