जापानको इतिहासमै पहिलोपटक मान्छे राखेरै उड्ने कारको सफल परीक्षण गरिएको हो। सीएनएनका अनुसार कारको परीक्षण उडान अगष्ट २५ मा गरिएको थियो।
उक्त उड्ने कारको नाम एसडी–०३ भएको बताइएको छ। परीक्षण उडानका क्रममा उक्त कार ४ मिनेटसम्म हावामा उडेको थियो।
स्काई ड्राइभका प्रमुख कार्यकारी अधिकृत तोमोहिरो फुकुजावाले उड्ने कारलाई व्यापारीकरण गर्ने योजना भएको जानकारी दिएका छन्।
उनले उड्ने कार सुरक्षित र सहज हुने दाबी गरे। उनले यस्ता कार सुलभ हुने पनि जानकारी दिएका छन्।
चाँडै उड्ने कार मानव जीवनको नयाँ तरिका बन्ने उनको विश्वास छ। एजेन्सी
(भिडियो)
3
Shares
प्रतिक्रिया