रुपन्देहीमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।
बुटवल उपमहानगरपालिका–५ का ६७ वर्षीय पुरुषको आइतबार दिउँसो साढे १२ बजे मृत्यु भएको हो।
लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचारकै क्रममा ती संक्रमितको मृत्यु भएको सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।
मृतक पुरुषमा ज्वरो, मुटु रोग, मधुमेह र प्रेसरको समस्या थियो। कोभिड–१९ पोजेटिभ देखिएपछि आइतबार बिहान ४ः३५ बजे उनलाई प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो।
बिहानदेखि उनी अस्पतालको फिबर क्लिनिकको आइसोलेसनमा उपचाररत थिए। योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
3
Shares
प्रतिक्रिया