नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ गाडी दुर्घटना हुनबाट जोगिएका छन्। रामेछापको गोगनेमा उनी सवार बा १९ च १८३९ नम्बरको गाडी दुर्घटना हुनबाट जोगिएको हो। उनले सामाजिक सञ्जालमार्फत घटनाको जानकारी गराएका छन्।
अचानक सडक किनारबाट गाडी तल झरेको तर अगाडि ढुंगाको ओड लागेकाले जोगिएको उनले बताएका छन्।
‘ठुलो घट्ना हुनबाट जोगियो,’ उनले सामाजिक सञ्जालमा गाडीको फोटोसमेत सेयर गर्दै भनेका छन्, ‘रामेछाप गोगनेमा हामी चढेको गाडी अचानक सडक किनारबाट तल गयो तर अगाडि ढुंगाको ओट लाग्न पुगेकाले ठूलो घटना हुनबाट जोगियो।’
आफूहरु सकुशल रहेको उनले जानकारी दिएका छन्।
303
Shares
प्रतिक्रिया