विश्वको संगीतको सर्वोच्च अवार्ड ‘ग्रामी अवार्ड’ को सदस्यमा नेपाली भाषी गायक विपुल क्षेत्री मनोनित भएका छन्।
रेकर्डिङ एकेडेमीले गायका क्षेत्री सहित २ हजार भन्दा धेरै विश्व संगीतका सर्जकलाई सदस्यमा नियुक्त गरेको हो।
गायक क्षेत्रीले यो मनोनयनसँगै सन् २०२२ को 'ग्रामी' अवार्ड'मा मतदान अधिकार प्राप्त गरेका छन्।
रेकर्डिङ एकेडेमीले क्षेत्रीलाई सदस्यका लागि निम्तो दिएको दियो। उनले उक्त निम्तो स्विकार गरिसकेका छन्।
विश्व संगीतको ओस्कार अवार्ड मानिने 'ग्रामी'को सदस्य नियुक्त हुने क्षेत्री पहिलो नेपाली भाषी गायक हुन्।
'ग्रामी' ले गायक क्षेत्रीलाई सदस्यमा नियुक्त गरेपछि पठाएको बधाईमा यो नियुक्तिले उनको सिर्जना, नेतृत्व र रेकर्डिङ कलाको क्षेत्रमा योगदान पुर्याउने उल्लेख गरिएको छ।
156
Shares
प्रतिक्रिया