ad ad

समाज


बारा बस दुर्घटना : मृतकको संख्या १७ पुग्यो, १५ जनाको सनाखत

बारा बस दुर्घटना : मृतकको संख्या १७ पुग्यो, १५ जनाको सनाखत

दुर्घटनापछि क्षतिग्रस्त बस


नेपालखबर
असोज २०, २०७९ बिहिबार २०:१९, काठमाडौँ

बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित ३ नम्बर पुलमा बिहीबार दिउँसो भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ।

मृतक १७ मध्ये १५ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले जानकारी दिए।

प्रहरीका अनुसार हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका १२ जना,चुरेहिल अस्पतालमा दुईजना, सहकारी अस्पतालमा एक जना र चितवनको भरतपुर लैजाने क्रममा एकजनाको मृत्यु भएको हो।
 

मृत्यु हुनेमा बारा–कलैया उपमहानगरपालिकाका लीलाराज चौरसिया, चितवन खैरहनी नगरपालिका–५ की नन्दकुमारी पुडासैनी, चितवन कालिका नगरपालिकाका १५ वर्षीय बालक सफल कँडेल, चितवन खैरहनी–५ का मनोरथ पुडासैनी, बाराका ५५ वर्षीय राम आश्रय राय र पर्सा– १६ की मुन्ननी देवि चौरसिया छन्।

त्यसैगरी हेटौँडा–७ की करिब ५५ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, त्यही स्थानकी २० वर्षीया स्वस्तिका श्रेष्ठ, बारा–कलैया–१० का नगरिन खातुन, बारा–अमलेखगञ्जका सुरेश विक, बारा–कलैया का इन्ताज अन्सारी, ओखलढुङ्गाका करिब ४५ वर्षीय लालबहादुर बोगटी गोर्खाका अम्बिका कँडेल र पर्सा–१६ का सकेमप्रसाद चौरसिया रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

बसमा ५२ जना सवार रहेको ट्राफिक प्रहरी कार्यालय मवानपुरका प्रहरी निरीक्षक मुनेन्द्र थापाले बताए।

घाइतेमध्ये २१ जनाको चितवनमा, आठ जनाको वीरगञ्ज र पाँच जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। चारजना भारतीय नागरिकलाई आफन्तले भारतमै लगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .