समाज


अझै ३ दिन वर्षा जारी रहने सम्भावना, कहिले होला मौसम सुधार?

अझै ३ दिन वर्षा जारी रहने सम्भावना, कहिले होला मौसम सुधार?

फाइल फाेटाे


नेपालखबर
असोज २२, २०७९ शनिबार ११:३०, काठमाडौँ

मनसुन न्यून चापीय क्षेत्रको असरले नेपालमा ५ दिनदेखि मौसम बदली र वर्षा भइरहेको छ। 

उक्त मौसमी प्रणालीका कारण अझै तीन दिन वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार मनसुन न्यून चापीय क्षेत्रको असर कायमै रहेकाले केही दिन वर्षाको सम्भावना रहेको हो। आगामी मंगलबारेदेखि मौसम क्रमिक रूपमा सुधार हुनेछ। 

उनले भनिन्, ‘अबको तीन दिनसम्म वर्षाको सम्भावना छ। पश्चिमी क्षेत्रमा बढी असर पर्ने देखिन्छ। एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि छ।’

नेपालमा मनसुन अझै सक्रिय रहेकाले पनि वर्षा भइरहे पनि  विगतका दिनभन्दा कम असर पर्ने मौसमविद् महर्जनले बताइन्।

हाल नेपालमा मध्य–पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको असर परिरहेको छ। प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा मौसम सामान्य बदली छ। 

प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ। दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चि प्रदेशमा थोरै  र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। 

रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहने जनाइएको छ।  महाशाखाका अनुसार गत २४ घण्टामा वीरेन्द्रनगरमा एक सय ६९ र नेपालगन्जमा एक सय ६५ मिलिमिटर वर्षा भएको छ। घोराहीमा एक सय चार, धनगढीमा ९०, दिपायलमा ६३ र डडेलधुरामा ४४ मिलिमिटर वर्षा भएको छ। काठमाडौँम नौ दशमलव पाँच मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ।

आज काठमाडौँको न्यूनतम तपक्रम १७ र अधिकतम तापक्रम २८ डिग्री सेल्सियस छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .