नेपाली फिल्म उद्योगको हिट फिल्म ‘प्रसाद’ सिक्वेलमा अभिनेत्री नम्रता श्रेष्ठ नदेखिने भएकी छिन्। ‘प्रसाद’मा शिर्ष भूमिका निर्वाह गरेकी नम्रता ‘प्रसाद २’मा भने नदेखिने भएकी छिन्।
नम्रताले अभिनय नगर्ने भएपछि उनका ठाउँमा कुन अभिनेत्री देखिन्छ भन्ने चर्चा बजारमा सुरु भएको छ। एनको ठाउँमा अर्की अभिनेत्री ऋचा शर्माको सम्भावना रहेको फिल्म निकट स्रोतको दाबी छ।
फिल्मका निर्देशक सुदर्शन थापाले ऋचालाई फिल्मका लागि प्रस्ताव गरिसकेको बताइन्छ। ऋचाले पनि फिल्मको स्क्रिप्ट मन पराएकी छिन्। तर उनले फिल्ममा काम गर्ने नगर्ने भने टुंगो लागेको छैन्। कारण ऋचाले फिल्मका लागि औपचारिक सम्झौता गरेकी छैनन्।
यो फिल्ममा नम्रताले काम गरेको खण्डमा विपिनको जोडीका रुपमा ऋचालाई देख्न पाइने छ।
प्रतिक्रिया