अहिले (बुधबार बिहान) सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।
यस्तै राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगका आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै ती प्रदेशका हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।
Shares
प्रतिक्रिया