ad ad

समाज


निर्वाचन सुरक्षा : हिमालको चिसोदेखि तराईको गर्मीसम्म यसरी गर्दैछ सशस्त्रले गस्ती (तस्बिर)

निर्वाचन सुरक्षा : हिमालको चिसोदेखि तराईको गर्मीसम्म यसरी गर्दैछ सशस्त्रले गस्ती (तस्बिर)

मनाङ जिल्लामा निर्वाचन गास्ति पट्रोलमा सशस्त्र प्रहरी बल।


नेपालखबर
मंसिर ३, २०७९ शनिबार २१:१, काठमाडौँ

भोलि (आइतबार) देशैभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ। निर्वाचन आयोगले सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ। गृह मन्त्रालयले पनि सुरक्षा व्यवस्था कडा बनाएको भन्दै कसैको डर, त्रास, धम्की र प्रलोभनमा नपरी मतदान गर्न मतदाताहरुलाई आग्रह गरेको छ। 

निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै शनिबार राति १२ बजेबाट सवारी साधन चल्न रोक लगाइएको छ। देशभर नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरीले सुरक्षा दिँदैछन्। 

मतदान अधिकृत, सुरक्षा प्रहरी लगायतका सबै टोली मतदानस्थलमा पुगेर आ–आफ्नो कार्यभार सम्हालिसकेका छन्। निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै ७२ घन्टादेखि देशका सबै नाकाहरु बन्द गरिएको छ। 

अति संवेदनशील, विकट तथा सुरक्षाका हिसाबले सतर्क रहनुपर्ने क्षेत्रहरुमा सशस्त्र प्रहरीको टोलीले संयुक्त रुपमा गस्ती गरिरहेको जनाएको छ। 

शनिबार सशस्त्र प्रहरीको टोली देशका विभिन्न ठाउँमा गरेका गस्तिका केही तस्बिरहरुः

सशस्त्र सिमा बलसँग निर्वाचन लक्षित संयुक्त ड्युटीमा सशस्त्र प्रहरी बल।

सशस्त्र सिमा बलसँग निर्वाचन लक्षित संयुक्त ड्युटीमा सशस्त्र प्रहरी बल।

मनाङ जिल्लामा निर्वाचन गास्ति पट्रोलमा सशस्त्र प्रहरी बल।

मुगुको विकट हिमाली क्षेत्रमा सशस्त्र प्रहरी बलको निर्वाचन लक्षित गस्ति।

मुगुको विकट हिमाली क्षेत्रमा सशस्त्र प्रहरी बलको निर्वाचन लक्षित गस्ति।

संखुवासभाको उत्तरीक्षेत्र किमाथांकामा निर्वाचन लक्षित ड्युटी र पट्रोल।

संखुवासभाको उत्तरीक्षेत्र किमाथांकामा निर्वाचन लक्षित ड्युटी र पट्रोल।

संखुवासभाको उत्तरीक्षेत्र किमाथांकामा निर्वाचन लक्षित ड्युटी र पट्रोल।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .