ad ad

समाज


तीब्र गतिमा सवारी चलाउने ३९ चालक नियन्त्रणमा

तीब्र गतिमा सवारी चलाउने ३९ चालक नियन्त्रणमा

नेपालखबर
मंसिर १९, २०७९ सोमबार १९:१८, काठमाडौँ

ट्राफिक प्रहरीले तीब्र गतिमा सवारी चलाउने ३९ जना चालकलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ।

विशेष चेकिङका क्रममा ट्राफिक प्रहरीले बम्पर गार्ड ननिकाल्ने ११८ वटा सहित  यान्त्रिक अवस्था ठिक नभएका ४९ र तीब्र गतिमा सवारी साधन चलाउने ३९ जना चालकलाई कारबाही गरेको हो।

काठमाडौँको चुच्चेपाटी र कलंकीमा सोमबार दिउँसो गरिएको सवारी साधनको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका बस, माइक्रोबस, पानी ट्याङकर, मिनी ट्रक र पिकअप भ्यान लगायतका सवारी साधनका चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीका अनुसार तालिम प्राप्त दक्ष प्राविधिक सहितको टोलिद्वारा आज दिउँसो दुई सय (२००) वटा सवारी साधन चेकजाँच गर्दा ब्रेकको अवस्था ठिक नभएका, वाइफर ठिक नभएका, लाइटहरु नभएका र टायर धेरै घिसिएका ४९ वटा सवारी साधनलाई कारबाही गरिएको हो।

अवस्था ठिक नभएको सवारी साधन चलाउँदा यात्रुको जीवन जोखिममा पर्न सक्ने र सवारी दुर्घटना पनि बढ्ने भएकाले सम्भावित जोखिम कम गर्न ट्राफिक प्रहरीले समय–समयमा काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा सवारी साधनको यान्त्रिक अवस्था चेकजाँच गर्दै आएको छ।

अवस्था ठिक भएका सवारी साधन मात्रै संचालन गरी ट्राफिक व्यवस्थापनमा सहयोग गर्नुहुन सम्पुर्ण यातायात व्यवसायी,सवारी धनी तथा चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय सह–प्रवक्ता एवं प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले अनुरोध समेत गरेका छन्।

त्यस्तै उनका अनुसार बम्पर गार्ड ननिकालिएका ११८ वटा सवारी साधनलाई पनि आजै ट्राफिक प्रहरीले कारबाही गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .