ad ad

समाज


नयाँ पाइपले थेगेन मेलम्चीको दबाब, पुरानै सञ्जालबाट पठाइयो पानी

नयाँ पाइपले थेगेन मेलम्चीको दबाब, पुरानै सञ्जालबाट पठाइयो पानी

लैनचौरमा पाइप फुटेपछि जलमग्न सडक। तस्बिर : नेपालखबर


नेपालखबर
मंसिर २६, २०७९ सोमबार १७:५५, काठमाडौँ

काठमाडौं उपत्यकामा पानी वितरणका लागि बिच्छाइएको नयाँ पाइपको सञ्जालले दबाब थेग्न असफल भएको छ।

पानी वितरणका लागि विच्छाइएको नयाँ पाइपको सञ्जाल राजधानीका लैनचौरसहितका क्षेत्रमा फुट्दा सडक जलमग्न भएको छ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले लैनचौरस्थित नयाँ वितरण सञ्जालमा समस्या आएपछि पुरानै सञ्जालबाट पानी पठाएको छ।

नयाँ सञ्जालमा समस्या आएपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को पुरानो सञ्जालबाटै राजधानीको मुख्य सहरमा पानी पठाएको हो।

निर्देशनालयका प्रवक्ता एवम् सूचना अधिकारी चन्द्रकुमार पाँ श्रेष्ठले नयाँ पाइपको सञ्जाल मर्मत गर्न समय लाग्ने भएपछि पुरानैबाट पानी पठाइएको बताए। 

नयाँ वितरण सञ्जालबाट पानी पठाउँदा लैनचौरस्थित नेपाल स्काउटअघि पाइप फुटेर जलमग्न भएको थियो। जसका कारण पैदलमार्ग हिँड्न पनि समस्या भएको छ। पाइप फुटेर सडक जलमग्न हुँदा राजधानीको सडकमार्ग दिनभर प्रभावित भयो। 

पाइप फुटेको ठाउँमा हेर्न निर्माण व्यवसायीलाई निर्देशन दिएको प्रवक्ता श्रेष्ठले बताए। केही दिनमा फुटेको पाइप बनाएर नयाँ सञ्जालबाट पानी पठाइने श्रेषेठले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .