ad ad

समाज


अन्तत: दलित समुदायसँग माफी मागे हर्क साम्पाङले

अन्तत: दलित समुदायसँग माफी मागे हर्क साम्पाङले

फाइल तस्बिर


नेपालखबर
पुस ३, २०७९ आइतबार १८:३३, काठमाडौँ

दलित समुदायलाई होच्याउने गरी ‘चमारे’ शब्द प्रयोग गरेपछि विवादमा तानिएका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई 'साम्पाङ'ले अन्तत: माफी मागेका छन्। 

गत मंसिर २८ गते फेसबुक पेजमा पोस्ट गरेको स्टाटसमा दलित समुदायलाई होच्याउने गरी ‘चमारे’शब्द प्रयोग गरेपछि उनी चौतर्फी आलोचनामा परेका थिए।

दलित र गैरदलित समुदायले पनि कसैलाई अपमान गर्ने गरी त्यस्तो शब्द प्रयोग नगर्न भने पनि उनले अटेर गर्दै आएका थिए।

उल्टै उनले आफूलाई जनताले निर्वाचित गरेको भन्दै कसैको घेराबन्दीले केही फरक नपार्ने साम्पाङले बताएका थिए।

तर राष्ट्रिय दलित आयोगले पनि कारबाही सिफारिस गरेपछि उनी दबाबमा परेका थिए। अन्तत: उनले उक्त शब्दलाई लिएर आइतवार वक्तव्य नै निकालेर माफी मागेका हुन्। 

'मेरो फेसबुक पेजमा मैले पोष्ट गरेको स्टाटसमा गाउँले ठट्यौली उखानको शैलीमा ‘चमारे’शब्द अप्रत्यासित प्रयोग हुन जाँदा दलित समुदायलाई नराम्रो लागेको यथार्थप्रति दुःख व्यक्त गर्दै उक्त शब्दले धेरैलाई दुःखी बनाएको रहेछ', उनले भने, 'त्यसका लागि क्षमाप्राथी छु। सधैँ समानताको भावनाका साथ सबै मिलेर देशलाई माथि उठाउन विकृति, विसंगति, बेथिति भ्रष्टाचार, अन्याय, अत्याचार, विभेद, शोषण र दमनविरुद्ध लामो समय अभियान चलाएको मेरो इतिहास रहेको सबैमा जानकारी गराउँदै कसैलाई ठेस पुर्‍याउने नियतवश उक्त स्टाटस पोष्ट नगरेको जानकारी गराउँदछु।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .