विनोद अधिकारी अमेरिकाको पर्यटन तथा सद्धभावना दूतमा नियुक्त भएका छन्।
पर्वतीय पर्यटन प्रवर्द्धनमा सक्रिय अधिकारीलाई मन्त्रीस्तरीय निर्णयबाट पेन्सिलभनियाको पर्यटन सद्धभावना दूतमा नियुक्ति गरिएको हो।
उनलाई पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले नियुक्ति पत्र थमाएका छन्। चार वर्षे कार्यकालका लागि उनी नियुक्त भएका हुन्।
पर्यटन मन्त्रालयले सद्धभावना दूत निर्देशिका २०७८ अनुसार पर्यटन गतिविधिमा संलग्न व्यक्तिलाई नियुक्त दिने गर्छ।
अधिकारीले कीर्तिमानी आरोही कामिरिता शेर्पाको सगरमाथा आरोहणलाई समेटेर वित्त चित्र समेत बनाएका छन्।
27
Shares
प्रतिक्रिया