ad ad

समाज


यी प्रदेशका पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना

२४ घण्टाका लागि चेतावनी
यी प्रदेशका पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना

फाइल तस्बिर


नेपालखबर
पुस १५, २०७९ शुक्रबार ७:४९, काठमाडौँ

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले (शुक्रबार बिहान) देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रही तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ भने बाँकी ठाउँमा मौसम सामान्यतया सफा छ। 

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशको हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

बुलेटिनअनुसार आज राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

महाशाखाले आगामी  २४  घण्टाका  लागि  चेतावनी  तथा  परामर्श पनि जारी गरेको छ। 

जसमा भनिएको छ : प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावनाका साथै देशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना तथा तराईका केही भूभागमा हुस्सु/कुहिरो लाग्ने र दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन हुन अनुरोध छ।

यसैबीच आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस रहेको महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए। 

उनका अनुसार राति बादल लागेको अवस्थामा न्यूनतम तापक्रम बढ्छ भने मौसम सफा र आकाश खुला भएका बेला न्यूनतम तापक्रम घट्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .