ad ad

समाज


प्रधानमन्त्री नै भन्छन् : राष्ट्रिय परिचयपत्र यही गतिमा बाँडिरहे दशकौँ लाग्छ

प्रधानमन्त्री नै भन्छन् : राष्ट्रिय परिचयपत्र यही गतिमा बाँडिरहे दशकौँ लाग्छ

सचिवहरुलाई निर्देशनका क्रममा प्रधानमन्त्री प्रचण्ड। तस्बिर : प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
पुस १९, २०७९ मंगलबार १४:४२, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय परिचयपत्र अहिलेकै गतिमा बाँडिरहे सबै जनतालाई उपलब्ध गराइसक्न दशकौँ लाग्ने बताएका छन्।

संघीय सरकारको मन्त्रालयका सचिवहरुलाई  जनसरोकार र सार्वजनिक सेवा चुस्त बनाउन निर्देशन दिने क्रममा उनले मंगलबार यस्तो बताएका हुन्।

सम्बोधनका क्रममा उनले खासगरी राहदानी, सवारी चालक अनुमतिपत्र लिन रातिदेखि लाइन बस्नुपर्ने बाध्यता रहेको खुलाए। 

प्रधानमन्त्रीले शिक्षा, स्वास्थ्य, यातायात जस्ता आधारभूत सेवा, राहदानी, सवारी चालक अनुमतिपत्र, राष्ट्रिय परिचयपत्र वितरण तथा मालपोत कर दस्तुर बुझाउने जस्ता सेवा लिन नागरिकले बेहोरेका सास्ती हटाउने काम तत्काल प्राथमिकतामा राख्न निर्देशन दिए। 

'सरकार गठनको एक महिनाभित्र राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी लाइसेन्स, शिक्षा मन्त्रालयबाट प्रदान गरिने नो अब्जेक्सन सर्टिफिकेट, सरकारी अस्पतालमा विरामको उपचार, मालपोत, नापी, कर दस्तुर बुझाउने ठाउँमा सेवाग्राहीले अहिले जस्तै लाइनमा बस्ने सास्ती देखियो भने निर्ममतापूर्वक जिम्मेवार पदाधिकारीलाई कारबाही गर्नुपर्ने अवस्थामा आउनेछ', उनले भने। 

उनले अहिलेकै गतिमा बाँडिरहे सबैलाई दिँदासम्म दशकौँ समय लाग्ने बताए। 'अहिलेकै गतिमा राष्ट्रिय परिचयपत्रको काम हुने हो भने तीन करोड नेपालीको हातमा परिचयपत्र पुग्न दशकौँ लाग्छ', उनले भने, 'सवारी चालक अनुमति पत्र लिन पनि वर्षौँ कुर्नुपर्ने अवस्था छ। यसतर्फ तत्काल ध्यान दिनुपर्‍यो।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .