ad ad

समाज


अर्घाखाँचीमा भालुको आक्रमणबाट वृद्धको मृत्यु

अर्घाखाँचीमा भालुको आक्रमणबाट वृद्धको मृत्यु

नेपालखबर
पुस २०, २०७९ बुधबार १४:४९, बुटवल

अर्घाखाँचीको शितगंगामा भालुको आक्रमणमा परि एक जनाको मृत्यु भएको छ।

शितगंगा नगरपालिका–२ झिर्रा ओखारी निवासी ७९ वर्षीय रामबहादुर भाट क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

बुधबार विहान ७ बजे  ओखारीबाट आरनमा भाडा बनाउन झिर्रा आउने क्रममा क्षेत्रीलाई जङगलमा भालुले आक्रमण गरेको थियो। 

स्थानीय बासिन्दा पुगेपछि भालु भागेको वडा अध्यक्ष रामबहादुर गोर्खा क्षेत्रीले बताए।

शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .