ad ad

समाज


दक्षिण अफ्रिका जान लागेका नेपालीलाई दूतावासको चारबुँदे चेतावनी

दक्षिण अफ्रिका जान लागेका नेपालीलाई दूतावासको चारबुँदे चेतावनी

दक्षिण अफ्रिका


नेपालखबर
पुस २२, २०७९ शुक्रबार १२:०, काठमाडौँ

आकर्षक वैदेशिक रोजगारी पाउने प्रलोभनमा परेर दक्षिण अफ्रिका जान लागेका नेपालीहरूलाई सावधानी अपनाउन त्यहाँस्थित नेपाली दूतावासले आग्रह गरेको छ।   

दक्षिण अफ्रिकामा राम्रो तलब र सुविधाको रोजगारी लगाइदिने एवं त्यहाँबाट युरोप, अमेरिकालगायत देशमा जान सहज हुन्छ भनी नेपाली नागरिकबाट लाखौँ ठगी गर्ने र लगेर बीचमै अलपत्र पार्ने घटना बढिरहेकोप्रति दूतावासले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

‘दक्षिण अफ्रिकामा वैदेशिक रोजगारमा आकर्षक तलब, सुविधासहितको पदमा काम लगाइदिने एवं दक्षिण अफ्रिकाबाट युरोप, अमेरिकाका मुलुकहरूमा जानको लागि सहज हुने भ्रममा पारी ती देशहरूमा पठाउन सहयोग गर्नेजस्ता अनेकौं प्रलोभन देखाई नेपाली नागरिकहरूबाट लाखौं रुपियाँ लिई उनीहरूलाई भारतको विभिन्न सहरहरू (नयाँ दिल्ली, मुम्बई), संयुक्त अरब इमिरेट्स, कतार तथा तान्जानिया, मोजाम्बिक, केन्या, मलवी, मौरिसस, रुवान्डा, कङ्गो लगायतका अफ्रिकी मुलुकहरू हुँदै निकै कठिन, जोखिमपूर्ण तवरले दक्षिण अफ्रिकामा ल्याई अलपत्र पारी छोडिदिने र कतिपय अवस्थामा ती ट्रान्जिट मुलुकहरूमा नै विषम परिस्थितिमा छोडिदिने घटनाहरू बढ्दै गएकोमा यस दूतावासको गम्भीर ध्यानाकर्षण भएको छ’, दक्षिण अफ्रिकास्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

दूतावासले दक्षिण अफ्रिका जान लागेका नेपालीहरूलाई आफूसँग सम्पर्क गर्न अनुरोध गर्दै चारबुँदे सुझाव दिएको छ। 

हेर्नुहोस् दूतावासको विज्ञप्ति :

दक्षिण अफ्रिका यात्रासम्बन्धी सूचना ((Travel Advisory)  
दक्षिण अफ्रिकामा वैदेशिक रोजगारमा आकर्षक तलब, सुविधासहितको पदमा काम लगाइदिने एवं दक्षिण अफ्रिकाबाट युरोप, अमेरिकाका मुलुकहरूमा जानको लागि सहज हुने भ्रममा पारी ती देशहरूमा पठाउन सहयोग गर्नेजस्ता अनेकौं प्रलोभन देखाई नेपाली नागरिकहरूबाट लाखौं रुपियाँ लिई उनीहरूलाई भारतको विभिन्न सहरहरू नयाँ दिल्ली, मुम्बई), संयुक्त अरब इमिरेट्स, कतार तथा तान्जानिया, मोजाम्बिक, केन्या, मलवी, मौरिसस, रुवान्डा, कङ्गो लगायतका अफ्रिकी मुलुकहरू हुँदै निकै कठिन, जोखिमपूर्ण तवरले दक्षिण अफ्रिकामा ल्याई अलपत्र पारी छोडिदिने र कतिपय अवस्थामा ती ट्रान्जिट मुलुकहरूमा नै विषम परिस्थितिमा छोडिदिने घटनाहरू बढ्दै गएकोमा यस दूतावासको गम्भीर ध्यानाकर्षण भएको छ। 

वैदेशिक रोजगारमा लगाइदिने वा यस्तै अन्य प्रलोभनमा पारी ठूलो रकम लिई कुनै व्यक्तिलाई विदेशमा ल्याई अलपत्र पार्ने एवं नेपाल सरकारको प्रचलित कानुनअनुरूप निषेध गरिएका कार्यहरूमा संलग्न हुने कार्य कानुनबमोजिम दण्डनीय भएकाले यसखाले गैरकानुनी कार्यहरू नगर्न/नगराउन र यसतर्फ सचेत रहन सम्बन्धित सबैमा दूतावास अनुरोध गर्दछ।

यस सन्दर्भमा दक्षिण अफ्रिका आउन लाग्नुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई देहायका कुराहरूमा उचित ध्यान, सावधानी अपनाउन हुनसमेत दूतावास अनुरोध गर्दछ। 

१. दक्षिण अफ्रिकाको सरकारी राजपत्रमा २ अगस्ट २०२२ मा प्रकाशित सूचनाअनुसार विशेष ज्ञान, सीप आवश्यक पर्ने १४० किसिमको दक्ष जनशक्तिको पदमा स्वदेशी नागरिकबाट पदपूर्ति नहुने अवस्थामा मात्र विदेशी नागरिकलाई रोजगारमा लिने कानुनी व्यवस्था रहेको र त्यस्ता पदहरूमा वैदेशिक रोजगारमा यहाँ आउँदा नेपाल सरकारको प्रचलित कानुनबमोजिम श्रम स्वीकृति लिएर मात्र आउनु पर्नेछ। उक्त पदहरूको सूची http://www.dha.gov.za/images/PDFs/47182-2-8-CriticalSkillsDHA.pdf लिङ्कमा उपलब्ध रहेको छ। 

२. भारतमा रहेको दक्षिण अफ्रिकाको उच्चायुक्त (High Commission) र कन्सुलेट जनरल (Consulate General) बाट जारी हुने पर्यटक भिसा पर्यटन भ्रमणमा दक्षिण अफ्रिका आउने प्रयोजनको लागि मात्र भएको हुँदा सो भिसाका आधारमा यहाँ रोजगारीजन्य काममा संलग्न हुन पाइने छैन। पर्यटक भिसामा आई कुनै पनि किसिमको रोजगारीमा संलग्न हुने कार्य गैरकानुनी भएकाले त्यस्तो कार्यमा संलग्न व्यक्तिहरूलाई सम्बन्धित दक्षिण अफ्रिकी निकायले पक्राउ गरी कानुनबमोजिम दण्ड, जरिवाना गराई देश निकाला (Deportation) गर्नेछ। 

३. कुनै पनि मुलुक जानको लागि सम्बन्धित मुलुकको भिसा आवश्यक पर्ने हुँदा दक्षिण अफ्रिकाबाट युरोप, अमेरिका लगायतका देशहरूमा जान सजिलो हुने कुरा भ्रामक र मिथ्या भएकाले भिसासम्बन्धी जानकारीका लागि सम्बन्धित देशको नियोग वा ती मुलुकहरू हेर्ने विदेशस्थित नेपाली नियोगहरूमा सम्पर्क गरी आधिकारिक जानकारी लिन उपयुक्त हुनेछ। 

४. उल्लिखित विषयहरू लगायतका सम्बन्धमा कुनै जानकारी लिनुपरेमा दूतावासको ईमेल eonpretoria@mofa.gov.np वा Whatsup सहितको  हटलाईन नम्बर (0027765093941) मा सम्पर्क गर्न सकिनेछ।   
नेपाली राजदूतावास
प्रिटोरिया 
२१ पुस २०७९

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .